पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

  ।   २३ श्रावण २०८१, बुधबार १०:४५
फाइल फोटो

कालिकोट। कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला र एस मोडमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

 

कालिकोट प्रहरीका अनुसार राजमार्गमा सडकभन्दा माथिबाट पहिरो आएर राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो । केही दिनअघि पनि यही ठाउँमा पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण यातायातका साधनहरू बिच बाटोमा अलपत्र परेका छन् ।

राजमार्ग खुलाउन पहल भइरहेको छ ।

Next Post

जाजरकोट जिव दुर्घटना अवडेट : मृतकको सङ्ख्या दुई पुग्यो

२३ श्रावण २०८१, बुधबार १०:४५
सुर्खेत। जाजरकोटमा बोलेरो जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । हिजो भएको बोलेरो जिप दुर्घटनामा घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा भेरी नगरपालिका ६ का ८० वर्षीय कलिमान खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलङ्गादेखि वडा नम्बर ६ नेटा जाँदै […]