जुम्लामा दलितका लागि दलित आन्दोलनको समर्थन गर्दै प्रदर्शन

  ।   ३० श्रावण २०८१, बुधबार २२:०२

जुम्ला । दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनारले गरेको आन्दोलनलाई जुम्लाका दलित युवाहरूले समर्थन गर्दै जुम्ला सदरमुकाम खलंगामा प्रदर्शन भएको छ।

जुम्लाका दलित युवाहरूले !विभेदकारी सरकार मुर्दावाद,दलित एकता जिन्दावाद ,र संवैधानिक अधिकार कार्यान्वयन गर  ? नारा लगाएर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध कार्यक्रम गरेका हुन् ।

काठमाडौंको माइतीघर मण्डला शान्तिपूर्ण आन्दोलन गरिरहेका खगेन्द्र सुनारलाई हिजो पक्राउ गरेको थियो । सुनारको रिहाईको माग गर्दै संविधानमा लेखिएका अधिकारलाई कार्यान्वयन गर्न युवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

राज्यले अझै पनि उपेक्षित बनाइराख्ने हो र राज्यसत्तामा दलितको उपस्थित हुन नदिने हो भने सरकार विरुद्ध जस्तोसुकै विद्रोह गर्न समेत तयार भएको युवाहरूको भनाइ छ ।

माइतीघर मण्डला शान्तिपूर्ण आन्दोलन गरिरहेका खगेन्द्र सुनार आज रिहाई  भइसकेका छन ।

Next Post

पेट्रोलमा ५ डिजेलमा र मट्टितेल ३ रुपैयाँ मूल्य घट्यो

३० श्रावण २०८१, बुधबार २२:०२
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाएको हो । त्यस्तै मट्टितेलको मूल्य पनि ३ रुपैयाँले घटेको छ । बिहिबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । नयाँ मूल्य अनुसार काठमाडौँ, […]