सुर्खेत । कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा ईश्वरबहादुर शाही चयन भएका छन्। संघको चौथो अधिवेशनबाट शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
सुर्खेतमा सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा गणेशबहादुर विष्ट, महासचिवमा खेमराज केसी र कोषाध्यक्षमा नैनसरा बुढा चयन भएका छन्।
त्यस्तै, सदस्यमा भुपेन्द्रकुमार डिसी, लक्ष्मीबहादुर रावल र बाबुराम सुनार निर्वाचित भएका छन्।
अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सचिव भोमबहादुर श्रेष्ठ र कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठको समेत सहभागिता रहेको थियो।
नवनिर्वाचित कार्यसमितिले कर्णाली प्रदेशमा भलिबल खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि काम गर्ने अपेक्षा गरिएको छ।






