वैवाहिक बलात्कारको मुद्दामा परेका रवि ओड रिहा

  ।   ४ जेष्ठ २०८१, शुक्रबार २०:५७

काठमाडौं । गायक रवि ओड रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड बिहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले बताए ।

ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओड कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी हुन् ।

‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

 

Next Post

२ करोडको रास्कोट रङ्गशाला, बन्यो कमाई खाने भाँडो 

४ जेष्ठ २०८१, शुक्रबार २०:५७
कालिकोट । रास्कोट नगरपालिका वडा नम्बर २ को रास्कोट रंगशाला टाठाबाठाको कमाइ खाने भाँडो बन्दै गएको छ। बर्षेनि रंगशालाको नाममा बजेट आए पनि  नेताका आसेपासेले काम नगरी बिल भर्पाइ गरिदिनाले रङ्गशाला बेवारिसे बनेको हो । पाँच वर्षमा निर्माण सक्ने योजनासाथ निर्माण हुन लागेको सो रंगशाला निर्माणमा दुई करोड रुपैयाँ खर्च […]

सम्बन्धित शीर्षक