पाण्डे एकता समाज सुर्खेतको नयाँ नेतृत्व ११ सदस्यसिय कार्यसमिति चयन

  ।   २८ पुष २०८१, आईतवार १७:१९

सुर्खेत । पाण्डे एकता समाज सुर्खेतको अध्यक्षमा लिलाराम पाण्डे चयन भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा बसेको प्रथम भेलाले पाण्डेको अध्यक्षतामा ११ सदस्यसिय कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा गोपाल प्रसाद जैशी (पाण्डे),महिला उपाध्यक्षमा कौशीला पाण्डे, सचिबमा उमाकान्त पाण्डे, चयन भएका छन । यस्तै सहसचिब रत्नप्रसाद पाण्डे, कोषाध्यक्षमा रामप्रसाद जैशी (पाण्डे) सदस्यहरुमा प्रजापति पाण्डे , टिकाराम जैशी (पाण्डे), डिल्लीप्रसाद पाण्डे ,शिव प्रसाद जैशी (पाण्डे) आशिष पाण्डे चयन भएका छन् ।

यस्तै, डिल्ली प्रसाद पाण्डे, टिकाराम पाण्डे, प्रजापती पाण्डे, शिव प्रसाद जैशी९पाण्डे० र आशिष पाण्डेलाइृ चयन गरिएको छ । प्रथम साधारण सभाका प्रमुख अतिथी दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज पाण्डे थिए भने विशेष अतिथी मध्यपश्चिम बिश्व बिद्यालयका पूर्ब उपकुलपति काली प्रसाद पाण्डे रहेका थिए ।

Next Post

दैलेख चामुण्डाबिन्द्रासैनीमा नौ हजार बासिन्दालाई खानेपानीको अभाव

२८ पुष २०८१, आईतवार १७:१९
दैलेख । दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नौ हजार बासिन्दा खानेपानीको अभावमा काकाकुल भएका छन् । कर्णाली नदीबाट लिफ्टिङ प्रविधिमार्फत पानी खुवाउने कर्णाली लिफ्टिङ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र अवस्थामा परेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, पाल्तडामा कर्णाली लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु गरेको पाँच वर्ष भइसक्दासमेत बजेट अभावमा उक्त आयोजना अलपत्र […]