हुम्लामा २० दिनकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

  ।   १ मंसिर २०८१, शनिबार ०७:५१

हुम्ला । हुम्लाको अदानचुलीमा २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो ।

अदानचुली गाउँपालिकाबाट–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताउनुभयो ।

गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्‍याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताउनुभयो ।

Next Post

तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु ३० जना घाइते

१ मंसिर २०८१, शनिबार ०७:५१
तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख […]