कालिकोट । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज पहिलोपटक रास्कोटको आरसीपी बजार पुगेका छन्। उहाँलाई नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले फूलमाला र अबिर लगाएर भव्य स्वागत गरेका छन ।
अध्यक्ष नेपाल पार्टीको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्न रास्कोट आइपुगेका हुन्। केहीबेरमै अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष नेपालले रास्कोटवासी जनतालाई सम्बोधन गर्ने कार्यक्रम छ।
एकीकृत समाजवादीका अनुसार अधिवेशनको बन्दसत्र भने उद्घाटन सत्र सकिय लगत्तै संचालन हुनेछ ।







