जुम्लामा पहिलोपटक ब्याडमिन्टन खेल प्रतियोगिता

  ।   २९ चैत्र २०८१, शनिबार १३:१०

 

जुम्ला । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने मुल हेतुका साथ जिल्लामा पहिलो पटक प्रथम चन्दननाथ कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको छ । जुम्ला जिल्ला ब्याडमिन्टन संघ जुम्लाको आयोजना र देउती स्टेसनरी एण्ड अडर सप्लायर्सको मुख्य प्रायोजकमा प्रथम ब्याडमिन्टन कप संचालन भएको हो ।

जिल्लामा पहिलो पटक आयोजना भएको ब्याडमिन्टन प्रतियोगितामा ञएझ टिम बाट ११ र ञबिझ टिम बाट ११ गरि २२ टिमले प्रतियोगितामा सहभागी जनाएको जिल्ला ब्याडमिन्टन संघ जुम्लाका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, खेलको माध्यम बाट आपसी भाईचार, बन्धुत्व र आत्मीयताको विकास गर्नुका साथै तथा खेल पर्यटन प्रबर्द्धधनमा बढवा दिने प्रतियोगिताको उद्देश्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ ।

समय सापेक्ष प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुननसक्दा युवा प्रतिभाहरू पलायन भई समक्ष खेलाडी उत्पादनमा ह्रास आउने, खेलाडीको मनोबल गिर्दै जाने तथा नकारात्मकता सोचहरूको विकास हुँदै जाने भएकोले युवाहरूलाई खेलप्रति लगाव बढाउन र सक्षम खेलाडीहरु उत्पादन गरी भविष्यमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा जुम्ला जिल्लाको पहिचान अझ मजबुत बनाउन प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।

Next Post

एकीकृत समाजवाद कालिकोट १० औं जिल्ला अधिबेशनको बन्दसत्र सुरु

२९ चैत्र २०८१, शनिबार १३:१०
कालिकोट । नेकपा (एकीकृत समाजवाद ) पार्टी  कालिकोटको १० औं जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिवार केन्द्रिय पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल द्वारा उद्घाटन भएको अधिवेशनको बन्दसत्र आइतबार विहान सुरु भएको हो । जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेको सभाध्यक्षता बन्द सत्रमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री […]