क्रिकेटर लामिछानेले सफाइ पाए सगैँ निलम्बन फुकुवा

  ।   २ जेष्ठ २०८१, बुधबार १९:१९

काठमाडौं । जबरजस्तीकरणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको भएपनि त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनमाथि हिजो सुनुवाइ नसकिएपछि आज निरन्तरता दिइएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याइदिएको छ ।

लामिछानेले सफाइ पाए सगैँ नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ ।

क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।

 

Next Post

बाल सम्मेलनबाट १३ सदस्यीय बाल संज्याल गठन

२ जेष्ठ २०८१, बुधबार १९:१९
कालिकोट  ।  कालिकोट जिल्लाको जिल्ला स्तरीय बाल सम्मेलनबाट १३ सदस्यीय बाल संज्याल गठन भएको छ। बाल बालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने मूल नारामा साथ २०८१ जेठ १ र २ गते कालीकोट जिल्लाका ९ वटै स्थानीय तहका बालबालिका सहभागीतामा दोस्रो दिन तिलागुफा नगरपालिकाकि बन्दना शाहीको अध्यक्षतामा गठन भएको हो । […]