विश्व आत्महत्या रोकथाम दिवस:कालीकोटमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम

  ।   २५ भाद्र २०८१, मंगलवार २१:१५

कालिकोट । आज विश्व आत्महत्या रोकथाम दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ । यसवर्ष पनि आत्महत्या रोकथाम बारे संबाद गरौ, दृष्टिकोण बदलौू नारामा मनाउन लागिएको हो । नेपालमा पनि ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम भएका छन् ।

आत्महत्या रोकथाम दिवसको अवसरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम कालीकोटमा सम्पन्न गरिएको छ ।  खाँडाचक्र नगरपालीका तथा जिल्ला स्वास्थ्य सेवा कार्यालय ,  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालीकोटको सयुक्त आयोजना र सी.एम.सी .नेपालको समन्वयमा तथा सहकार्यमा दिवस मनाईएको हो ।

खाँडाचक्र नगरपालिका -१ जिरोपईन्टबाट निकालिएको सचेनामुलक ¥याली प्रतिमाचोक, सम्म भई हिमचुली कृषि सहकारीको सभाहलमा एक कार्यक्रम बिच समापन गरीयको छ । उक्र प्रभातफेरि कार्यक्रममा सचेनामुलक पम्पलेट, प्ले कार्ड, नारा र जिंगल प्रशारण गरिएको थियो ।

प्रभातफेरी कार्यक्रम लगत्तै समन्वय सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो ।कार्यक्रममा ग्रामिण क्षेत्रमा आत्महत्याको दर बढीरहेको सबै क्षेत्रमा मनोविमर्श सेवा आवश्यक रहेको घरभित्र हुने चरम गरिबीसँगै हुने हिंसा, बहुविवाह, दाईजो, बोक्सिको आरोप लगायतका घटनाको कारण आत्महत्या हुने गरेको कतिपय अवस्थामा कानूनी तथा सामाजिक नपाएको अवस्था, छोरा नपाएको निहुँमा हुने हिंसाले पनि आत्महत्या बढाएको तनाव व्यवस्थापन र मनोभावनाको कदर भएमा केहि हदसम्म आत्महत्या न्युनिकरण गर्न सकिने देखिने जस्ता अन्तरक्रिया कार्यक्रम आवाज उठेका हुन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले घरेलु हिंसा, मादक पदार्थ सेवन, गरिबी, बेरोजगारी लगायतका समस्याका कारण आत्महत्या हुने गरेको बताउनुभयो । सामाजिक असमानता, असफलता, दीर्घ रोग, सानै उमेरमा विवाह लगायतका कारण पनि आत्महत्याको दर बढेको उहाँको भनाई रहेको छ । सबै निकायले सचेतनाको पाटोलाई जोड दिएर आत्महत्या रोकथामका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बिद्यालय र टोलस्तरमा यसले निम्त्याउने खतरा र रोकथामका उपायहरु बारेमा छलफल तथा सचेनामुलक कार्यक्रम गरेर आत्महत्या रोकथाम गर्न सकिने प्रजिअ उल्लेख गर्नुभयो ।

Next Post

दीक्षान्त समारोहको लागि करोडौं खर्च नभएको प्रतिष्ठानको दाबी

२५ भाद्र २०८१, मंगलवार २१:१५
जुम्ला । दीक्षान्त समारोहको लागि करोडौं खर्च भएको भनिए पनि लाख समेत खर्च नभएको प्रतिष्ठानको दाबी सांसदलाई प्रतिष्ठान विरुद्ध बोलेको आरोप लागेको छ । कर्णालीकै सबैभन्दा ठूलो स्वास्थ केन्द्र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा हुने भनेको दीक्षान्त कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ समस्याको कारण स्थगित भएको हो । कर्णाली स्वास्थ […]

सम्बन्धित शीर्षक