एकीकृत समाजवाद कालिकोट १० औं जिल्ला अधिबेशनको बन्दसत्र सुरु

  ।   ३० चैत्र २०८१, आईतवार ११:०९

कालिकोट । नेकपा (एकीकृत समाजवाद ) पार्टी  कालिकोटको १० औं जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिवार केन्द्रिय पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल द्वारा उद्घाटन भएको अधिवेशनको बन्दसत्र आइतबार विहान सुरु भएको हो ।

जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेको सभाध्यक्षता बन्द सत्रमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रकाश ज्याला, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही विशेष अतिथि , केन्द्रिय सदस्यहरु कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र पुरी , सचीव धिर बहादुर बिष्ट लगाएत प्रदेश सदस्यहरुको सहभागीतामा सुरु भएको छ।

नयाँ नेतृत्व चयनमा सक्भर सर्वसहमतको प्रयास गर्ने एकीकृत समाजवादीको तयारी छ । बन्द सत्रले १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, ३ उपसचिवसहित १० जना मनोनीत गर्ने गरि बढिमा ६७ सदस्यीय जिल्ला कमिटी चयन गर्ने तयारी गरिएको छ ।

Next Post

पत्रकार महासंघ जुम्ला द्वारा २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम

३० चैत्र २०८१, आईतवार ११:०९
जुम्ला । नयाँ वर्षको सुरुवातसँगै जुम्लामा विकास र समृद्धिु का लागि प्रतिबद्धता जनाइएको छ। नेपाल पत्रकार महासंघ, शाखा जुम्लाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेतादेखि स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय र पत्रकारसम्मले २०८२ लाई जुम्लाको समृद्धिको वर्ष बनाउने अठोट व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र […]