यू–१९ महिला क्रिकेट सुपर ओभरको रोमाञ्चक भिडन्तमा मधेश प्रदेश च्याम्पियन

  ।   १ असार २०८३, सोमबार १३:१८

सुर्खेत । कर्णाली प्रदेशको वीरेन्द्रनगर स्थित कालिनचोक मैदानमा सम्पन्न यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल क्रिकेट प्रेमीहरूका लागि अविस्मरणीय बन्यो। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा मधेश प्रदेशले सुपर ओभरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि आफ्नो नाम गरेको छ।
निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १२९ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो।
पहिले ब्याटिङ गरेको मधेश प्रदेशले २० ओभरमा १२९/३ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम प्रदेशले पनि उत्कृष्ट प्रदर्शन गर्दै २० ओभरमा १२९/७ रन जोडेर खेल बराबरीमा टुंग्यायो।
उपाधिको छिनोफानोका लागि भएको सुपर ओभरमा सुदूरपश्चिम प्रदेशले पहिले ब्याटिङ गर्दै १ ओभरमा १५/१ रन बनायो र मधेश प्रदेशसामु १६ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदेश दबाबमा देखिए पनि अन्तिम दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा खेलको नाटकीय मोड आयो। मधेशका ब्याटरले लगातार दुई बलमा दुई आकर्षक चौका प्रहार गर्दै लक्ष्य पूरा गरे र टोलीलाई रोमाञ्चक जित दिलाए।

अन्तिम क्षणसम्म कसले उपाधि जित्ने भन्ने अन्योल कायम रहेको यस खेलले महिला क्रिकेटको स्तर, प्रतिस्पर्धात्मकता र खेलाडीहरूको आत्मविश्वासलाई उजागर गरेको छ। मधेश प्रदेशले धैर्यता, साहस र उत्कृष्ट फिनिसिङ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो भने सुदूरपश्चिम प्रदेशले पनि उत्कृष्ट खेल प्रदर्शन गरेर दर्शकहरूको मन जित्यो।

यो रोमाञ्चक फाइनल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको इतिहासमै स्मरणीय खेलका रूपमा रहने विश्वास गरिएको छ। खेल मैदानमा उपस्थित दर्शकहरूले अन्तिम बलसम्म रोमाञ्चकताको भरपुर आनन्द लिएका थिए।

Next Post

रास्वपा कर्णालीको नेतृत्व फेरि खड्काकै हातमा

१ असार २०८३, सोमबार १३:१८
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कर्णाली प्रदेश सभापतिमा मदन खड्का भारी मतसहित निर्वाचित भएका छन्। प्रथम कर्णाली प्रदेश महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा खड्काले २८८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेतलाई फराकिलो अन्तरले पराजित गरेका हुन्। उपाध्यायले ६३ र बस्नेतले ३५ मत प्राप्त गरे। कुल ४०० […]

सम्बन्धित शीर्षक