कालिकोट । कालिकोटको सदरमुकाम मान्म बजारमा मंगलबारबाट चहलपहल बाक्लिएको छ । दशैँ मनाउन गाउँ गएकाहरु कार्यक्षेत्र फर्किने क्रम बढेसँगै मान्मबजार चहलपहल बाक्लिएको हो । अध्यायन, व्यवसाय तथा कार्यालयमा काम गर्न सदरमुकाम बसेकाहरु दशैँ मनाउन गाउँ गएकाले केहि दिन देखि मान्म बजार क्षेत्र प्रया सुनसान बनेको थियो ।
मानिसहरु दशैँ मनाएर कर्मथलो फर्किएसँँगै केहि दिन देखि बन्द भएका होटल तथा पसलहरु समेत क्रमश खुल्न थालेका छन् । साथै सरकारि कार्यालय खुले सग्गै सार्वजनिक तथा निजि सवारी साधनहरु समेत सञ्चालन हुने क्रम बढेकाले बजार क्षेत्रमा चहलपहल बाक्लिएको हो ।