६ वटा पत्रकार संघ संगठनले आसन्न निर्वाचनमा मोर्चाबन्दी गरेर अघि बढ्ने सहमती

  ।   १९ मंसिर २०८१, बुधबार १७:४८

काठमाडौं । संचार क्षेत्रका विभिन्न ६ वटा पत्रकार संघ संगठनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा मोर्चाबन्दी गरेर अघि बढ्ने सहमती भएको छ ।

प्रेस सेन्टरको कार्यालय बबरमहलमा बुधबार ६ संगठनका अध्यक्ष तथा प्रतिनिधिविच भएको छलफलपछि महासंघको मंसिर २८ गतेका लागि तय भएको निर्वाचनमा सबै संगठन सहमतीय अभ्यासमा अघि बढ्ने र प्रतिस्पर्धाको विधिबाट महासंघको निर्वाचन अगाडि बढेको अवस्थामा मोर्चाबन्दी गरेर जाने सहमति भएको हो ।

संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ, ‘महासंघको साझा चरित्रको रक्षा गर्दै सहमतीय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा हामी ६ संगठन प्रतिबद्ध छौं । सहमतीय नेतृत्व निर्माण गर्ने अभ्यासमा निर्णायक भूमिका रहने नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको नेतृत्वको गम्भीर ध्यानाकर्षण हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यदि सहमतीय अभ्यासमा लागिएन र प्रतिस्पर्धाको विधिबाट महासंघको निर्वाचन अगाडि बढेको अवस्थामा हामी ६ संगठन एउटै मोर्चाका रुपमा अगाडि बढ्न प्रतिवद्ध छौं ।’ संयुक्त प्रेस विज्ञप्तीमार्फत नै ६ वटै संगठनले संयुक्त रुपमा महासंघको घोषित निर्वाचन कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । साथै पत्रकार महासंघको सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, प्रगतिशील पत्रकार संगठनका महासचिव प्रकाश थापा र प्रेस मञ्चका अवधेश झाले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सहमति भएको सार्वजनिक गरेका हुन् ।

Next Post

जाजरकोटमा जिप दुर्घटनामा परी २ जनाको मृत्यु

१९ मंसिर २०८१, बुधबार १७:४८
जाजरकोट । जाजरकोटको नुवागाउँमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटनमा परेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली […]