उद्योग बाणिज्य संघ कालिकोटकाे निर्वाचन ३० दिनका लागि स्थगित 

  ।   ३ चैत्र २०८०, शनिबार ०९:५५

कालिकोट / ४ चैतलाई तोकिएको उद्योग वाणिज्यसंघ कालिकोटको चुनाव ३० दिन सम्मका लागि लागि स्थगित गरिएको छ ।

शुक्रबार बढिमालिका अर्डर सप्लायर्सका प्राे . बिमल शाहीले निर्वाचन आयुक्तकाे कार्यालयमा उजुरि दर्ता गराउँनु भएकाे थियाे ।

उक्त उजुरी माथि कारबाही गर्दा कालिकोट उद्योग बाणिज्य संघकाे दाेस्राे संसाेधित बिधान २०७१ काे धारा १६ (क) मा ब्यवस्था भए अनुसार मतदान गर्न पाउने प्रतिनिधिहरुकाे ५१ प्रतिशत उपस्थिती नहुँदा गण पुरक संख्या नपुगेकाे भन्दै चैत्र ३ गते देखिनै लागू हुने गरि सम्पुर्ण मतदान प्रक्रिया स्थगित गरिएकाे भन्दै निर्वाचन आयुक्तकाे कार्यालय २०८० ले एक सुचना निकालेको छ ।

संसाेधित बिधानकाे धारा १६ काे (ख) मा ब्यवस्था भए अनुसार उद्योग बाणिज्य संघका अध्यक्षबाट ३० दिन भित्र साधारणशभा बाेलाई गण पुरक संख्या पुर्याई बिधान अनुसार चुनाब गर्न निर्वाचन आयुक्तकाे कार्यालयले निकालेको सुचनामा उल्लेख छ ।

हेर्नुहाेस् निर्वाचन आयुक्तकाे कार्यालयले निकालेको सुचनामा के छ ।

Next Post

अखिल क्रान्तिकारी कालिकोटकाे १४औं जिल्ला सम्मेलन चैत ११ गते पिलिमा

३ चैत्र २०८०, शनिबार ०९:५५
कालिकोट / नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कालिकोटको १४ औं जिल्ला सम्मेलन आगामी चैत ११ गते जनयुद्धको अन्तिम लडाई भएकाे ऐतिहासिक ठाउँ युद्ध पर्यटकीय क्षेत्र कालिकोट जिल्लाकाे खाँडाचक्र नगरपालिका ०७ पिलिमा हुने तय भएको छ। अखिल क्रान्तिकारी कालिकोट जिल्लाका संयाेजक खगेन्द्र मल्लका अनुसार सम्मेलनमा कर्णाली प्रदेश सरकारका […]

सम्बन्धित शीर्षक