गठबन्धन बिना चुनाव : दैलेख–१ मा कसले मार्ला बाजी ?

  ।   १८ माघ २०८२, आईतवार २०:१७

दैलेख । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले दैलेख निर्वाचन क्षेत्र नं.0

१ लाई चुनावी चासोको केन्द्र बनाएको छ। यसपटक कुनै पनि दलबीच गठबन्धन नहुँदा प्रतिस्पर्धा झन् तीव्र र बहुकोणीय बनेको छ। अनुभवी नेतादेखि नयाँ पुस्तासम्मका उम्मेदवार मैदानमा उत्रिँदा मतदाताबीच बहस र छलफल चुलिँदै गएको छ।

नेकपा (एमाले) का उम्मेदवार रवीन्द्रराज शर्मा संसद् अनुभव बोकेर पुनः मैदानमा छन्। २०७४ मा निर्वाचित भइसकेका शर्मा २०७९ मा झिनो मतान्तरले पराजित भएका थिए। यसपटक उनी अधुरो कार्यकाल पूरा गर्ने अठोटसहित जनतामाझ पुगेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अम्मरबहादुर थापा पनि दैलेखका परिचित अनुहार हुन्। २०७०, २०७४ र २०७९ का विभिन्न निर्वाचनमा विजयी भइसकेका थापाका लागि यसपटक गठबन्धनबिनाको चुनाव सजिलो छैन, तर अनुभव नै उनको बलियो पक्ष मानिन्छ।

१० वर्षपछि नेपाली कांग्रेस आफ्नै चुनाव चिह्नसहित मैदानमा उत्रिएको छ। कांग्रेसले युवा नेतृ बासना थापालाई उम्मेदवार बनाएर संगठन पुनर्जीवन र नयाँ पुस्ताको नेतृत्वलाई अघि सारेको छ। उनी विजयी भए दैलेखबाट प्रतिनिधि सभामा पुग्ने पहिलो महिला सांसदको इतिहास बन्नेछिन्, जसले चुनावलाई थप अर्थपूर्ण बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नन्दकिशोर बस्नेत पनि प्रतिस्पर्धामा छन्। वैकल्पिक राजनीतिप्रति बढ्दो आकर्षणले उनले मत विभाजनमा महत्वपूर्ण भूमिका खेल्ने आँकलन गरिएको छ।

स्थानीय तहमा देखिएको चहलपहलले दैलेख–१ मा कडा प्रतिस्पर्धा निश्चित देखिन्छ। अनुभवलाई निरन्तरता दिने कि नयाँ विकल्पलाई अवसर दिने र यसको अन्तिम फैसला मतदाताले फागुन २१ गते मतदान केन्द्रमै गर्नेछन्।

Next Post

प्रहरी जवान परीक्षामा संगठित किर्ते, सुर्खेतमा १२ जना पक्राउ

१८ माघ २०८२, आईतवार २०:१७
सुर्खेत। लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा व्यापक किर्ते र अनियमितता फेला परेको छ। अर्काको नाममा परीक्षा दिइरहेका १० जना नक्कली परीक्षार्थी र उनीहरूलाई सहयोग गर्ने २ जना गरी कुल १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। परीक्षामा शंकास्पद गतिविधि देखिएपछि प्रहरीद्वारा निगरानी कडा पारिएको […]

सम्बन्धित शीर्षक