कालिकोट खाद्यमा १ वर्षमा दुई हजार ६ सय क्विन्टल चामल बिक्री

  ।   १६ बैशाख २०८१, आईतवार १९:३९
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कालिकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटको एक वर्षमा दुई हजार ६ सय ३३. ९८ क्विन्टल चामल बिक्री भएको छ। खाद्यान्न संकट समाधानका लागि स्थापना भएको कम्पनीको शाखा कार्यालय कालिकोट डिपोमा २०८०ं ०८१ को एक वर्षमा सो चामल विक्री भएको हो ।

शाखा कार्यालय कालिकोटका प्रमुख कमलराज पाण्डेका अनुसार खाद्यान्न महँगो हुने भएकाले दुर्गम जिल्लाका जनतालाई बजार मूल्यभन्दा सस्तोमा चामल लगाएत खाद्य सामान उपलब्ध गराउने र ढुवानीका लागि सरकारले बजेट विनियोजन गर्ने गरको बताए ।

शाखा कार्यांलय कालिकोटमा २०८० साउन १ देखि ०८० चैत ३० सम्म मोटो र मसिनो चामल गरी दुई हजार ६ सय ३३.९८ क्विन्टल चामल त्येस्तै पहीलो पटक दशैं तिहारमा दाल ५.१० क्विन्टल र तोरीको तेल दुई हजार लिटर, सनफलावर एक हजार लिटर, स्वाबिन पाँच सय प्राप्त गरि तिन हजार पाँच सय तेल र दाल बजार मूल्यभन्दा सस्तोमा विक्र गरेको थियो।

कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण कालिकोटमा भईरहेको छ ।
पौष्टिक तत्व भएको चामल वितरणका लागि कालिकोटमा पाँच सय ८० क्विन्टल आएर दुई सय २७.५० क्विन्टल विक्री भएको बताए ।

चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बि १, बि ३, बि ६ र बि१२ थप गरिएर बनाईएको हुन्छ।

नयाँ आर्धिक वर्षबाट कालिकोटमा उत्पादित कोदो, फापर, गहत र भटमास खरिद गरेर अन्य डिपो शाखाहरुमा पठाउने लक्ष्य रहेको शाखा प्रमुख पाण्डेले बताए ।

Next Post

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ बैशाख २०८१, आईतवार १९:३९
कालिकोट। स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्काभेटरका सह–चालक रहेका शुभकालिका गाउँपालिका–१ बस्ने  २४ वर्षीया दलबहादुर रिजालको मृत्यु भएको हो । दुर्घटनामा कैलाली जिल्ला चुरे गाउँपालिका ५ निवासी बर्ष २८ का हिक्मत रोक्का मगर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी अर्जुन केसीका अनुसार चालक […]