स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

  ।   १७ बैशाख २०८१, सोमबार १४:०९

कालिकोट। स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्काभेटरका सह–चालक रहेका शुभकालिका गाउँपालिका–१ बस्ने  २४ वर्षीया दलबहादुर रिजालको मृत्यु भएको हो ।

दुर्घटनामा कैलाली जिल्ला चुरे गाउँपालिका ५ निवासी बर्ष २८ का हिक्मत रोक्का मगर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी अर्जुन केसीका अनुसार चालक मगर घाइतेको खुट्टा फ्याक्चर भएकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । स्काभेटर सोमबार  बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१ छाति भन्ने ठाउँमा दुर्घटना स्काईभेटर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो ।

Next Post

उपनिर्वाचन बझाङमा एमालेका दमन भण्डारी विजयी

१७ बैशाख २०८१, सोमबार १४:०९
सुर्खेत । प्रदेश सभाको उपनिर्वाचन बझाङमा एमालेका दमन भण्डारी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वार अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले हराउँदै भण्डारी विजयी भएका हुन् । भण्डारीले ११६१३ मत ल्याएर विजयीहुँदा काँग्रेसका सिंहले ११३४६ मत ल्याए । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ […]