उपनिर्वाचन बझाङमा एमालेका दमन भण्डारी विजयी

  ।   १७ बैशाख २०८१, सोमबार १५:१७

सुर्खेत । प्रदेश सभाको उपनिर्वाचन बझाङमा एमालेका दमन भण्डारी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वार अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले हराउँदै भण्डारी विजयी भएका हुन् ।

भण्डारीले ११६१३ मत ल्याएर विजयीहुँदा काँग्रेसका सिंहले ११३४६ मत ल्याए । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।

Next Post

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

१७ बैशाख २०८१, सोमबार १५:१७
काठमाडौं । उपनिर्वाचन इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले २७ हजार ७७२ मत ल्याएर विजय भएका हुन । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित पार्दै नेम्वाङले पाँच हजार ८३० मतन्तारले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । काङ्ग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत ल्याएर […]