लामिछानेलाई ६ दिन थुनामा राखी अनुसन्धान गर्ने

  ।   ४ कार्तिक २०८१, आईतवार १८:०६

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई प्रहरीले सोही राति सडकबाट पोखरा पु¥याएको थियो ।

पक्राउ परेको दोस्रो दिन शनिबार परेकाले आइतबार उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतमा प्रहरीले ६ दिनको म्याद मागेको थियो । लामिछानेका कानुन व्यवसायीले लामिछानेलाई थुनामा राखी राख्नुनपर्ने जिकिरसहित बहस गरे पनि अदालतले थुनामा राखी अनुसन्धान गर्न ६ दिनको म्याद दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अवैध रूपमा गोरखा मिडियामा ल्याई अपचलन गरेको आरोप लामिछानेमाथि छ । प्रहरीले उनीमाथि संगठित अपराध कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई पक्राउ गरेपछि रास्वपा देशभर आन्दोलित भएको छ । आइतबार पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

Next Post

कर्णालीमा उत्पादन भएको अदुवा र बेसार विदेश पुग्न थाले

४ कार्तिक २०८१, आईतवार १८:०६
सुर्खेत । कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि किसानले अदुवा उत्पादनलाई पनि वृद्धि गर्न थालेका छन् । अदुवासँगै यहाँ उत्पादन भएको बेसार पनि विदेश निर्यात हुन थालेको हो । किसानले उत्पादन गरेको अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिकास्थित कालिदमारमा रहेको अदुवा प्रशोधन उद्योगले विदेशसम्म निर्यात गर्न थालेको […]