कर्णालीका सबै पालिकामा विद्यालय भवन निर्माण तीब्र

  ।   ३१ असार २०८१, आईतवार १०:५९

सुर्खेत । कर्णाली प्रदेशका सबै पालिकामा विद्यालय भवन निर्माण तीब्र पारिँदैछ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ ।

आठवटा स्थानीय तह रहेको जुम्लामा ४ पालिकामा भवन निर्माण भएका छन् भने रूकुम पश्चिममा ६ पालिकामा ६ वटा चारकोठे भवन निर्माण सम्पन्न भएका छन् । कालीकोटका नौवटै पालिकामा विद्यालय भवन निर्माण गर्न ४ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

डोल्पामा आठ पालिकामा विनियोजित बजेटअनुसारको काम भएको सामाजिक विकास कार्यालयका प्रमुख धनबहादुर शाहीले जानकारी दिनुभयो । सुर्खेतको नौ पालिकामा विद्यालय भवन निर्माणको काम गर्ने योजना रहेकामा सात पालिकामा काम पूरा भएको छ ।

सल्ल्यानका ११ वटा पालिकामा ११ विद्यालय भवन, जाजरकोटका सात पालिकामा र मुगुका चार पालिकामा क्रमशः एक–एक ओटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । दैलेखका ११ स्थानीय तहमा ११ वटा चारकोठे भवन बनाउन प्रारम्भ भएको छ । यो वर्ष दैलेखमा विद्यालय निर्माण गर्न ५ करोड ५० लाख रुपैयाँ विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

Next Post

उच्च अदालत जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट

३१ असार २०८१, आईतवार १०:५९
जुम्ला । जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८० / ०८१ मा हालसम्म दर्ता भएकामध्ये ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरिएको हो । मुख्य न्यायाधीश डाँगीले सोही आवमा नयाँ दर्ता भएका दुई सय २९ […]