पेट्रोलियम पदार्थको मूल्य घट्यो

  ।   ३ चैत्र २०८०, शनिबार ०९:०४

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।

जसअनुसार पहिलो वर्ग अन्तरगर्त : जनकपुर , विराटनगर , नेपालगन्ज, धनगढी लगाएत क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६८।५० डिजेल तथा मट्टीतेलको मुल्य प्रतिलिटर १५५।५० दोस्रो वर्ग अन्तरगर्त : सुर्खेत , दाङ पेट्रोलको मूल्य प्रतिलिटर १७०।०० डिजेल तथा मट्टीतेलको मुल्य प्रतिलिटर १५७।०० तेस्तै तेर्सो वर्ग अन्तरगर्त : काठमाडौं ,पोखरा ,दिपायल पेट्रोलको मूल्य प्रतिलिटर १७१।०० डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५८।०० रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

Next Post

उद्योग बाणिज्य संघ कालिकोटकाे निर्वाचन ३० दिनका लागि स्थगित 

३ चैत्र २०८०, शनिबार ०९:०४
कालिकोट / ४ चैतलाई तोकिएको उद्योग वाणिज्यसंघ कालिकोटको चुनाव ३० दिन सम्मका लागि लागि स्थगित गरिएको छ । शुक्रबार बढिमालिका अर्डर सप्लायर्सका प्राे . बिमल शाहीले निर्वाचन आयुक्तकाे कार्यालयमा उजुरि दर्ता गराउँनु भएकाे थियाे । उक्त उजुरी माथि कारबाही गर्दा कालिकोट उद्योग बाणिज्य संघकाे दाेस्राे संसाेधित बिधान २०७१ काे धारा […]