युवालाई २० वर्षको आसपासमा विवाह गर्न आग्रह : प्रधानमन्त्री ओली

  ।   २९ श्रावण २०८१, मंगलवार १९:४१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवालाई यसतर्फ सोच्न आग्रह गर्नुभयो । उहाँले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताउनुभयो । उहाँले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चा अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताउनुभयो ।

सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताउनुभयो ।

Next Post

भ्रष्टाचार र अनियमितता मुद्दामा निस्शुल्क मुद्दा लड्ने अधिवक्ता आचार्य

२९ श्रावण २०८१, मंगलवार १९:४१
   जुम्ला । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जुम्ला जिल्ला निवासी तथा कानुन व्यावसायिक अधिवक्ता मिनराज आचार्यले सुशासन युक्त जुम्ला निर्माण गर्ने बताएका छन् । उनका अनुसार जुम्ला जिल्ला भित्रमा हुने भ्रष्टाचार र अनियमितताका मुद्दाहरुमा आफू निस्शुल्क मुद्दा लड्ने र कानुनी सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । जुम्ला जिल्ला भित्र […]

सम्बन्धित शीर्षक