जुम्ला । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जुम्ला जिल्ला निवासी तथा कानुन व्यावसायिक अधिवक्ता मिनराज आचार्यले सुशासन युक्त जुम्ला निर्माण गर्ने बताएका छन् ।
उनका अनुसार जुम्ला जिल्ला भित्रमा हुने भ्रष्टाचार र अनियमितताका मुद्दाहरुमा आफू निस्शुल्क मुद्दा लड्ने र कानुनी सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।
जुम्ला जिल्ला भित्र सरकारी तथा गैरसरकारी निकायद्वारा हुने भ्रष्टाचार र अनियमितताको बारे जानकारी दिएर सहयोग गर्नुहोला । निशुल्क कानुनी सेवा उपलब्ध गराईने उनले भनेका छन् ।