कालिकोटमा बेलोरो गाडि दुर्घटना ७ घाईते उद्धारमा कठिनाइ 

  ।   १० जेष्ठ २०८१, बिहीबार १३:५६

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को गाढ खोलामा दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको र घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री,२२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही,अन्दाजी ४० वर्षीया महिला र दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका स्थायी घर भएका चालक २५र२६ वर्षीय दीपेन्द्र चौलागाईँ हुनुहुन्छ ।

घाइतेहरूको एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर भएकाले हेलिकोप्टरको पर्खाइमा रहेको वडा न। ६ का पुर्व अध्यक्ष कर्ण बहादुर खत्रिले बताउनुभयो ।

खत्रीले जिल्ला प्रशासनसँग कुरा भएपनि हेलिकोप्टर आउन ढिलाइ भएको बताउनुभयो ।

दुर्घटनामा परेका घाइतेहरूको अवस्था गम्भीर हुँदा उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सुत्केरीको उद्धार जस्तो सजिलो नभएकाले हेलिकोप्टर आउने कुरा निश्चित नभएको बताउनुभयो ।

स्थानीय तहले आर्थिक दायित्व लिने पत्र नपठाएकाले पनि समस्या भएको छ नेपालीको भनाई छ ।

नेपाली सेनाले स्थानीय तहलाई विश्वास नगर्ने र गृहमन्त्रालयले सुत्केरी उद्धार जस्तो छिटो उद्धारको प्रक्रिया नहुने हुँदा पनि घाइतेहरूले उपचार नपाएर मर्ने खतरा बढिरहेको स्थानीय हरुको भनाई रहेको छ।

आज बिदा भएकाले कसैसँग सम्पर्क गर्न पनि कठिन भएको प्र जि अ नेपालीले बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा संचालित संयुक्त यातायात समितिले रातो नम्बर प्लेट भएका गाडीलाई दिनमा चल्न नदिने भएकाले राती आउनु पर्ने बाध्यता छ ।

दुर्घटनामा परेको उक्त गाडि पनि राति आएर चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

Next Post

रारा घुमाउन जाँदै गरेको जीप दुर्घटना १२ जना घाइते

१० जेष्ठ २०८१, बिहीबार १३:५६
कालिकोट। बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टीको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन लिदँै गरेको ग १ ज ८२४९ नम्बरको जीप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा नौजना विद्यार्थी, दुई शिक्षक र […]