कालिकोट । रास्कोटतर्फ जाँदै गरेको फोर्स गाडी कालिकोटको कालेखोलामा दुर्घटना हुँदा दुई जना यात्रु सामान्य घाइते भएका छन्।
कर्णाली प्रदेश ०२–००१ ज ०५९१ नम्बरको फोर्स गाडीमा सवार पाँच यात्रुमध्ये दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। उनीहरूले थप उपचार आवश्यक परे रास्कोटमै गराउने इच्छा व्यक्त गरेपछि अर्को गाडीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि पल्टिएको गाडी हटाएर सडक पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







