कालिकोट । नेपाल पत्रकार महासंघ कालिकोट एक सय ३१ जना सदस्य रहेको शाखामा १ सय १५ जनाले मतदान गरेका छन् । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन सम्पन्न पछी मत गणना सुरु भएको छ ।
कुनै शाखामा भने निर्विरोध निर्वाचत भईसका र बाकि रहेका शाखाका लागि मतदान सम्पन्न पछी मत गणना सुरु भएको हो ।केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मत गणना सुरु भएको छ।
केन्द्रीय अध्यक्षका लागि ४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । जसमा कांग्रेस एमाले संयुक्त गठबन्धनबाट निर्मला शर्मा, कांग्रेसको बागी समूह, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट रमेश विष्ट, देवीप्रसाद सापकोटा क्रियाशील पत्रकारहरूको साझा मोर्चाबाट उम्मेदार रहेका छन् ।
कालीकोटमा पनि केन्द्रमा जस्तै सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल एक पक्ष र अर्कोतर्फ माओवादी केन्द्र निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन र अन्य वामपन्थी संगठनहरूको प्यानल खडा भएको छ ।
कालिकोट जिल्लामा जिल्ला कार्यसमितिका लागि भरतराज बिष्ट नेतृत्वको प्यानल र प्रेस सेन्टरका रत्न बहादुर कार्की प्रतिस्पर्धीमा रहेका छन् । कार्कि प्यानलबाट महिला उपाध्यक्ष राधिका कुमारी बराल निर्विरोध निर्वाचत भईसकेकि छन् । बराल समाजवादी प्रेस संगठनका तर्फवाट उम्मेदार हुन् ।
बिष्ट प्यानलका उम्मेदवारहरूमा उपाध्यक्ष पुष्पराज भट्टराई, , सचिव रमेशकुमार बोगटी, कोषाध्यक्ष बिश्वनाथ सिम्खडा, समावेशी सहसचिव ललित मगर ९बैजाली० र सहसचिव दलसिंह कुमालले रहेका छन् । सदस्यहरु किरण अधिकारी,हस्त चौलागाई,ललित विष्ट,लिलाराज संज्याल,तारा सार्किर दलित सदस्यमा मान बहादुर विश्वकर्मा
यस्तै, कार्की प्यानलका उम्मेदवारहरुमा उपाध्यक्ष कमलबहादुर बुढा, सहसचिव समावेशी कमल कुमाल, सचिव पूर्णसिंह बम, सहसचिव करबीरे बिक र कोषाध्यक्षमा बीरेन्द्र आचार्य रहेका छन् । वामपन्थी संगठनको तर्फबाट सदस्यहरु तुलाराज चौलागाइ ,टिकाराज उपाध्याय,पुष्पा बुढा,केश बहादुर शाही,डम्बर शाही,दलित सदस्यमा बिनित कुमार तिरुवाको उम्मेदवारी रहेको छ ।
चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया बुधबार साँझ सम्पन्न भएको थियो । चुनाव विहबार साझ ४ बजे सम्पन्न भएको छ । दुई प्यानलबीचको यो प्रतिस्पर्धा कालीकोटको पत्रकारिताको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण घडीको रूपमा हेरिएको छ ।