पासपोर्ट समातेर बिदेश हैन अल्लो प्रशोधनबाट कर्णालीको पहिचान बनाऊ

  ।   १९ श्रावण २०८१, शनिबार १५:१४

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाका ७ स्थानीय तहमा अल्लोको कपडा बनाउने कामको सुरुवात गरिएको छ । स्थानीय स्रो,त साधन र जनशक्तिको प्रयोगमार्फत कर्णालीको बिकासमा उनीहरु आ–आफ्नो स्थानबाट जुटेका छन् ।

आफ्नै ठाउँमा भएका यि र यस्ता सम्भावनाहरुको खोजी गरेर हामी आफै अग्रसर हुने हो भने असम्भव केही छैन भन्ने कुराको उदाहरण दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका, दैलेखका गुराँस, महावु, नौमुले, भगवतीमाई गाउँपालिका र नारायण नगरपालिकामा यो अभियानमा स्थानीयहरु जुटेका छन् । स्थानीयरुपमा प्रसस्त पाउने अल्लो अहिलेसम्म खेर गैरहेको थियो ।

कर्णालीको दैलेख, जाजरकोट नेपालकै धेरै अल्लो उत्पादन हुने जिल्लासमेत हुन । तर यसको उपभोग नहुँदा बर्षेनी करोडौं रुपैयाँ बराबरको कच्चा पदार्थ कुहिएर खेर गैरहेको थियो । अहिलेको सबैको मुख मुखमा झुण्डीएको कुरा भनेको देशमा रोजगारी छैन । युवा सबै बेरोजगार भए । नेपालमा गरिखाने वातावरण नै छैन । तर यहाँका सम्भावनाको खोजी कसैले गरेको छैन । अलिअलि गर्लान झैं देखिएका युवाहरुमा पनि धैर्यताको कमी छ । अनि सकारात्मक कार्यमा हात समाउने भन्दा खुट्टा समाउनेको सङ्ख्या धेरै भएका कारण पनि उर्जावान युवाहरु हरेस खान्छन र पासपोर्ट समातेर बिदेश जान्छन । यो पनि कतिको रहर त कतिको बाध्यता हो ।

अल्लो वा चाल्ने सिस्नो कर्णाली प्रदेशको पहाडी भू–भागका जंगलहरुका खुला स्थानमा, खोला तथा बाटोको छेउछाउका ओसिला स्थानमा पाईने गर्छ । यो बहुबर्षिय पोथ्रा जातको बुट्यान हो । अल्लोबाट बनेका कपडा लगाउँदा चिसो मौसममा न्यानो र गर्मी मौसममा सितल हुन्छ । यसको स्थानीयदेखी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत उच्च माग रहेको छ । यस्तो राम्रो बजार राष्ट्रियदेखी अन्तर्राष्ट्रियस्तरका विदेशी मुद्रा आर्जन गर्ने यस्तो राम्रो माध्यमका विषयमा स्थानीयहरु बल्ल कम्मर कसेर जुटेका छन् । यो खुशीको कुरा हो । यसलाई वडा, स्थानीय, प्रदेश र संघ सरकारले समेत स्थायित्व र समस्याका विषयमा चासो र चिन्ताका साथ सहयोग गर्नुपर्छ ।

न कि उनीहरुको व्यक्तिगत प्रयासले १० प्रतिशत सफलता पाउन सक्छन भने सरकारको सकारात्मक सहयोग रहेमा यसले कयौं गुणा सफलता पाउँछ । अहिले कर्णालीमा उत्पादित अल्लोको कपडाको विश्व बजारमा समेत उच्च माग रहेको छ । प्रशस्त मात्रामा उत्पादन भएर पनि सदुपयोग हुन नसकेर बर्षेनी खेर गैरहेको अल्लोको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा स्थानीय सरकारले समेत ध्यान दिनु जरुरी छ । ७ वटा स्थानीय तहका प्रत्येक स्थानीय तहमा २०० जनाले रोजगारी पाएमा उनीहरुसंग आश्रित १००० जनाको आर्थिक स्तरवृद्धि हुन्छ । प्रदेशको आय विकास र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्छ । हरेक बर्ष यति हजार र उती हजारलाई सिपयुक्त बनाएका छौं हेर्ने हो भने त कर्णालीमा दक्षता विहिन कोही देखिँदैनन । तर अबको सरकारले आवश्यकता र सम्भावनाका आधारमा आफ्ना नागरिकलाई दक्ष बनाएर सहि ठाँउमा प्रयोग गर्नुपर्छ ।

यसरी बर्ष  देखी कर्णालीमा प्रशस्त उत्पादन भएर पनि खेर गैरहेको अल्लोबाट धागो र कपडा बनाउने जुन थालनी गरेको छ त्यो असाध्यै स्रहानीय छ । यसको सुरुवात त खुशीपूर्ण हुने नै भयो त्यसमा पनि निरन्तरता अर्को ठूलो कुरा रहन्छ । त्यसैले कर्णालीकै लागी गौरवको यो कुरामा सबैले आ–आफ्नो तर्फबाट र विषेशतः सरकारले ध्यान दिन जरुरी छ । पाँच जना परिवार भएको एक घरको एक जना बैदेशिक रोजगारीमा जाँदा खाडीको ५० डिग्रीमा काम गरेर ३०÷४० हजार कमाउला तर त्यो ५ जनाले यहीं आफ्नै घरको मानो खाएर आफ्नै ठाउँमा यसरी अवसरको सदुपयोग गरेमा जिवन उसै सुधार हुन्छ ।

न कोही विदेश जानुपर्छ न त युवा पुस्ता कुलतमा फस्लान कि रु गलत बाटो हिड्लान कि भन्ने नै तनाव हुन्छ रु जब मानिस खाली हुन्छ तब यि सबै समस्याहरु आउने हुन तर जब मान्छे एउटा काममा खटिन्छ उसलाई कामकै लागि समय ठिक्क हुन्छ र उसले बिग्रने समय नै पाउँदैन । त्यसैले कर्णालीका रहेका यस्ता अवसरहरु खोजेर सरकारले हरेक कर्णालीबासीलाई यहिं काम गर्ने वातावरणको निर्माण गर्नुपर्छ ।  (युग आह्वान)

Next Post

एकीकृत समाजवादी कर्णालीबाट केन्द्रीय कमिटीमा ३० जनालाई मनोनित

१९ श्रावण २०८१, शनिबार १५:१४
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेशबाट ३० जनालाई केन्द्रीय सदस्य चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो । […]