कालिकोट । नेपाल पत्रकार महासंघ शाखा कालिकोटमा भरत राज विष्ट निर्वाचित भएका छन्।
प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार भरतराज विष्टले १३ मत अन्तरले प्रेस सेन्टरका रत्न वहादुर कार्कि लाई पराजित गरेका हुन्।
निर्वाचित विष्टले कुल खसेको मतको ६३ र कार्किले ५० मात्र मत ल्याएका छन।
कार्यसमिति उपाध्यक्षमा कमल वुढा, सचिवमा रमेश वोगटी सहसचिवमा (समावेशी) कमल कुमाल ,सहसचिव दलसिंह कुमाल र कोषाध्यक्षमा कोषाध्यक्ष विश्वनाथ सिम्खडा निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा समाजवादी प्रेस संगठन तर्फवाट राधिका वराल निर्विरोध निर्वाचित भएकी थिइन्।
त्यस्तै सदस्यहरुमा हस्त प्रसाद चौलागाई,किरण अधिकारी,तारा सार्कि,टिकाराम उपाध्याय,डम्वर शाही,लिलाराज संज्याल,लिलत विष्ट, दलित सदस्यमा मानव वहादुर विश्वकर्मा निर्वाचित भएका छन्।