सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेस सँग समिकरण गर्ला

  ।   ६ बैशाख २०८१, बिहीबार १४:३५

सुर्खेत । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ ।

सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता अझै जारी रहेको छ । एमालेले अहिलेसम्म स्पष्ट निर्णय नगरेको बताइएको छ ।

एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि एकीकृत समाजवादीले भने प्लान बी तयार गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर सुदूरपश्चिममा सहयोग मागेको बताइएको छ । नेपालको प्रस्तावमा देउवा सकारात्मक भएको र आवश्यक परेमा सहयोग गर्ने र बदलामा अन्य प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने शर्त राखेका छन् । देउवाको प्रस्तावमा नेपाल सकारात्मक रहेको बुझिएको छ ।

देउवासँगको छलफल पछि सुदूरपश्चिममा एकीकृत समाजवादीले प्लान बी तयार गरेको छ । अर्कोतर्फ माओवादीले भने केन्द्रको समीकरणलाई बचाउन एकीकृत समाजवादीलाई समर्थन गर्न सक्ने बताइएको छ ।

प्रदेश प्रमुखले सरकार दाबि गर्न दिएको समय आज साँझ ५ बजे सकिने भएकाले एकीकृत समाजवादीले कसरी बहुमत पुर्याएर दाबि गर्न भन्ने स्पष्ट भएको छैन । सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन् । कांग्रेसका १८ सांसदले समर्थन गरेमा २२ मत हुने छ ।

प्रदेशमा हाल कायम रहेको ५२ सदस्यमा बहुमतका लागि २७ मत आवश्यक पर्दछ । एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५ सांसदले समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएकाले अब उनीहरुले एकीकृत समाजवादीलाई समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । नाउपाको रेशम पक्षका ५ सांसद र राप्रपाका एक सांसदले समर्थन गरेमा भने २८ मत हुन्छ र बहुमत पुग्ने अवस्था बन्छ ।

Next Post

१४ औं राष्ट्रपति रनिङ शिल्ड बागमतीलाई पछ्याउदै दोस्रोमा कर्णाली

६ बैशाख २०८१, बिहीबार १४:३५
सुर्खेत। १४ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुधबारसम्म सम्पन्न भएका विभिन्न बिधाका खेलहरुमा कर्णाली प्रदेश ५ स्वर्ण सहित दोस्रो स्थानमा रहेको छ । मंगलबारबाट काठमाडौं त्रिपुरेश्वर स्थित दशरथरंगशालामा सुरु भएको खेलमा कर्णाली प्रदेश ५ स्वर्ण सहित दोस्रो स्थानमा भएको हो । राष्ट्रिय खेलकुद परिषदले बुधबार सार्वजनिक गरेको १४ […]