सुर्खेत। १४ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुधबारसम्म सम्पन्न भएका विभिन्न बिधाका खेलहरुमा कर्णाली प्रदेश ५ स्वर्ण सहित दोस्रो स्थानमा रहेको छ । मंगलबारबाट काठमाडौं त्रिपुरेश्वर स्थित दशरथरंगशालामा सुरु भएको खेलमा कर्णाली प्रदेश ५ स्वर्ण सहित दोस्रो स्थानमा भएको हो ।
राष्ट्रिय खेलकुद परिषदले बुधबार सार्वजनिक गरेको १४ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा अनुसार कर्णाली प्रदेशले ५ स्वर्ण पदक, ३ रजत पदक र ८ कास्य पदक जितेर सात प्रदेश मध्य दोस्रो स्थान बनाउन सफल भएको हो. । बागमती प्रदेशले १३ स्वर्ण पदक, ६ रजत पदक र ४ कास्य पदक सहित पहिलो स्थानमा रहेको छ भने बागमती प्रदेशलाई पछ्याउदै दोस्रोमा कर्णाली प्रदेश रहेको छ ।
कर्णाली प्रदेशबाट स्वर्ण पदक जित्ने खेलाडीहरुमा एथलेटिक्सतर्फ छात्रा ४ सय मिटर र ८ सय मिटर दौडमा सरिता खडका २ स्वर्ण पदक, छात्रा १५ सय मिटर दौडमा कल्पना बुढा १ स्वर्ण पदक, छात्रा९ज्याभलिन थ्रो०सरिता बिक १ स्वर्ण पदक र तेक्वान्दो तर्फ ४५ केजी तौल समुहतर्फ निशान प्याकुरेलले १ स्वर्ण जितेका छन् ।
यस्तै रजत पदक जित्नेमा एथलेटिक्सतर्फ छात्र १५ सय मिटर दौडमा अजय बिक १ रजत पदक, छात्रा ८ सय मिटर दौडतर्फ पदक भावना फर्साल १ रजत पदक र उसुतर्फ सन्ध्या राना क्षेत्री १ रजत पदक र तेक्वान्दोतर्फ दिनेश बुढा मगर पोम्सेतर्फ १ रजत पदक जित्न सफल भएका छन्
कास्य पदक जित्ने खेलाडीहरुमा एथलेटिक्सतर्फ छात्रा हाइजम्पमा हिरा बुढा १ कास्य पदक,छात्रा ४ सय मिटर दौडमा भावना फर्साल १ कास्य पदक, छात्र ८ सय मिटर दौडमा प्रकाश बुढा १ कास्य पदक जित्न सफल भए भने कराँतेतर्फ कास्य पदक जित्नेमा प्रीयंका शाही,ममता नेपाली,चेतराज सिंह, ज्ञानेन्द्र सुनार रहेका छन् भने उसुतर्फ कास्य पदक जित्नेमा पुर्णिमा थापा,दिपिका अधिकारी,तिलक बुढा मगर रहेका छन्
प्रतियोगिता विहिबार सम्पन्न हुने छ ।