अपडेट

कालिकोटको गगनेखोलामा पहिरो :सडक पूर्ण अवरुद्ध, यात्रु अलपत्र

  ।   १९ श्रावण २०८२, सोमबार २०:३८

कालिकोट। अविरल वर्षाको कारणले कालिकोट जिल्लाको गगनेखोलामा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरू समस्यामा परेका छन्।

जुम्ला सडक डिभिजनको कार्यक्षेत्र अन्तर्गत पर्ने उक्त क्षेत्र हाल घनघोर वर्षाको चपेटामा छ। निरन्तरको वर्षाले माटो भिजेर नरम बनेको र एकैपटक ठूलो मात्रामा पहिरो खसेपछि सडक दुईतर्फी आवागमनका लागि बन्द भएको हो।

सडक डिभिजन कार्यालय, जुम्लाले सोमबार एक सूचना जारी गर्दै यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न, वैकल्पिक मार्ग रोज्न र यथासम्भव सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। कार्यालयका अनुसार, पहिरो हटाउने प्रयास सुरु गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना न्यून देखिएको छ।

स्थानीय बासिन्दा र यात्रुहरूले भने मौसमले साथ नदिएसम्म केही दिन यात्रा स्थगित गर्नुपर्ने अवस्था रहेको जनाएका छन्। धेरैजसो सवारीसाधन बीचबाटोमै रोकिएका छन् भने कतिपय यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

सडक डिभिजनले यात्रु तथा स्थानीय बासिन्दालाई धैर्य र सतर्कता अपनाउन पुनः अनुरोध गरेको छ।

 

Next Post

२६औँ अन्तर्राष्ट्रिय युवा दिवसको सुर्खेतमा युवामैत्री कार्यक्रमका लागि ठोस सहमति

१९ श्रावण २०८२, सोमबार २०:३८
सुर्खेत / २६औँ अन्तर्राष्ट्रिय युवा दिवस २०२५ “दिगो विकास र सुनौलो भविष्यको सार स् स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने नारासहित भव्य रूपमा मनाउने तयारीस्वरूप कर्णाली प्रदेशको सुर्खेतमा सरोकारवालाहरूको समन्वयात्मक बैठक सम्पन्न भएको छ। रोयम नेपालको समन्वयमा आयोजित उक्त बैठकको अध्यक्षता सुन्दर नेपाल संस्थाकी अध्यक्ष माया सापकोटाले गर्नुभएको हो । […]