सुर्खेत। कर्णाली प्रदेशमा भोलि शुक्रवार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । उक्त दिन कर्णाली प्रदेश स्थित सबै सरकारी तथा संघ, संस्थाहरूमा सार्वजनिक बिदा (मन्त्रिपरिषद्) बाट २०८१ बैशाख १७ गते निर्णय भएको सुचनामा उल्लेख छ ।