अपडेट

आज देशभरका कर्णाली कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

  ।   २० जेष्ठ २०८२, मंगलवार ०८:५०

काठमाडौँ । आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै,आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भू -भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै,आज राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

Next Post

कार्यालय सहयोगि द्धारा औषधि वितरण : आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्धि

२० जेष्ठ २०८२, मंगलवार ०८:५०
  कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका ३ को आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्धि गरियको छ । आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारी करिब २ हप्ता देखि कार्यालय बिहिन भई कार्यालय सहयोगि द्धारा औषधि वितरण गरेको भन्दै स्थानियले ताला लगाएका हुन । सोमबार कर्णालि जेसिज बर्ष २०२५ अध्यक्ष तथा तिला कर्णालि बहुमुखी क्याम्पसका स्वबियु […]