अपडेट

लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी सरकारी दस्तावेज जलेर नष्ट

  ।   १८ फाल्गुन २०८१, आईतवार २०:४६
सांकेतिक तस्विर

सोलुखुम्बु । लिखुपिके गाउँपालिकाको कार्यालय भएको भवन घरमा आगलागी भएको छ।सोलुखुम्बु लिखुपिके गाउँपालिका–३ काफ्लेचौरस्थित कार्यालय भवनमा आज दिउँसो आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको बताउनुभयो। सो घर स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको र गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेको बताउनुभयो ।

प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र स्थानीयवासीको सहयोगमा आगो निभाउन सफल भएको घिमिरेले बताउनुभयो। आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र गाउँपालिकाको सरकारी दस्तावेज भने जलेर नष्ट भएको घिमिरेले बताउनुभयो।

 

Next Post

कर्णाली प्रदेश सभामा उपस्थित हुने अग्रस्थानमा मुख्यमन्त्री कंडेल,अन्तिममा आर्थिक मन्त्री शाह

१८ फाल्गुन २०८१, आईतवार २०:४६
सुर्खेत । अन्य प्रदेश देखि संघीय प्रतिनिधि सभामा सांसदहरु अनुपस्थित हुने रोग भएपनि कर्णाली प्रदेश सभामा भने अधिकांश प्रदेश सांसदहरु प्रदेश सभामा उपस्थित हुने गरेका छन् । कर्णाली प्रदेश सभाको दोश्रो कार्यकालको २०७९ पुस १८ गते कर्णाली प्रदेश सभाको दोश्रो कार्याकालको पहिलो वैठक बसेको थियो । त्यसयता २०८१ असोज १५ […]

सम्बन्धित शीर्षक