कालिकोट । सान्नी त्रिवेणी गाउँपालिका–३, भौगोलिक दृष्टिले विकट मानिने यो वडा पछिल्ला तीन वर्षमा आधारभूत पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ र सामाजिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ।
वडा अध्यक्ष रंगलाल देवकोटाले कार्यकालको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै प्राकृतिक कठिनाइबीच पनि जनताको साथ र विश्वासका कारण धेरै काम सम्पन्न गर्न सकिएको बताए।
वडा अध्यक्ष रंगलाल देवकोटाले कार्यकालको तीन वर्षे उपलब्धि पूर्वाधार विकास
– सानेढोकान्ना–लुयाटा सडक विस्तार गरी पहिलो पटक गाडी पुगेको छ। सो कार्यमा करिब ८० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।
– लुयाटा खोलादेखि रकुसम्मको सडक विस्तार संघीय सम्पूरक बजेटबाट ८ करोड ४० लाखमा सम्पन्न भएको छ।
– गोरटे बाटा, चियानघाट जाने बाटोसहित ५ वटा नयाँ बाटो निर्माण गरी करिब २३ लाख रुपैयाँ लगानी गरिएको छ।
– अधुरो वडा कार्यालय निर्माणमा समेत काम अघि बढाइएको छ।
वडा अध्यक्ष देवकोटाले कार्यकालको तीन वर्षे उपलब्धि शिक्षा
– माध्यमिक र आधारभूत तहका ३ वटा शैक्षिक भवन निर्माणमा करिब १ करोड रुपैयाँ लगानी।
– नाईना विद्यालयमा खेलमैदान, दुई कोठे भवन र आईसीटी प्रयोगशाला निर्माणमा ३६ लाख रुपैयाँ।
– शिक्षक नियुक्तिमा पारदर्शिता र विद्यालयमा सुशासन कायम गरिएको दाबी।
खानेपानी र सिँचाइ
– कालापातल खानेपानी आयोजना विस्तार गरी १४६ घरधुरीमा धारा जडान, बजेट ८० लाख।
– ५ वटा सिँचाइ कुलो निर्माणमा ७५ लाख, ५ वटा सिँचाइ पोखरी निर्माणमा ३२ लाख।
– अन्य ३ वडामा खानेपानी मर्मत र विस्तारमा २० लाख खर्च।
ऊर्जा र स्वास्थ्य
– नाईना–दुल्य क्षेत्रमा विद्युत् विस्तार।
– आधारभूत स्वास्थ्य सेवा र सामुदायिक स्वास्थ्यमा सुधार।
सामाजिक कार्यक्रम
– जनता आवास कार्यक्रमअन्तर्गत ५ घर निर्माण।
– खरमुक्त १९ घर र बाढीपीडितका लागि ४ घर निर्माण, कुल ५५ लाख बजेट।
– दलित टोलमा शौचालय विस्तार र सोलार वितरण।
– वडा नं। ३ मा शौचालय विस्तार र मर्मत।
संस्कृति र खेलकुद
– वडा–स्तरका सांस्कृतिक कार्यक्रममा देउडा गीतलाई विशेष रूपमा समावेश।
– दशैं विशेष कार्यक्रममा पालिकाका भलिबल खेलाडीलाई प्रोत्साहन।
– वडा कार्यालयकै खेलमैदान निर्माण।
– कयारि विद्यालयको फिल्ड निर्माणमा १५ लाख रुपैयाँ खर्च।
अध्यक्ष देवकोटाको भनाइ
हालै सामाजिक सञ्जालमा पटक–पटक झण्डा बदलिएको विषयमा आलोचना उठेपछि अध्यक्ष देवकोटाले स्पष्ट पार्दै भने–
“हावाका कारण महिनामा दुई पटकसम्म झण्डा च्यातिन्छ, त्यसैले बदल्नुपर्ने हुन्छ। कालिकोटका ८२ वडामध्ये महिनामा दुई पटक झण्डा बदल्ने म मात्रै हुँ।”उपलब्धिहरूको बारेमा अध्यक्ष देवकोटाले थपे– “सान्नी त्रिवेणी–३ भूगोलले विकट भए पनि जनताको भरोसा र साथका कारण धेरै काम गर्न सकियो। अझै धेरै अधुरा काम बाँकी छन्, ती पूरा गर्न म प्रतिबद्ध छु। आलोचना र प्रश्नलाई स्वागत गर्छु, तर अन्ततः मूल्यांकन जनताले गरेका कामकै आधारमा गर्नेछन्।”







