सुर्खेत । अन्य प्रदेश देखि संघीय प्रतिनिधि सभामा सांसदहरु अनुपस्थित हुने रोग भएपनि कर्णाली प्रदेश सभामा भने अधिकांश प्रदेश सांसदहरु प्रदेश सभामा उपस्थित हुने गरेका छन् । कर्णाली प्रदेश सभाको दोश्रो कार्यकालको २०७९ पुस १८ गते कर्णाली प्रदेश सभाको दोश्रो कार्याकालको पहिलो वैठक बसेको थियो । त्यसयता २०८१ असोज १५ सम्म जम्मा ९६ अर्थात यो अवधिसम्म कुल ९६ ओटा वैठक बसेका छन् ।
प्रदेश सभामा पहिलो अधिवेशन देखि चौथो अधिवेशनसम्म प्रदेश सांसदहरुको उत्साहजनक सहभागिता देखिएको छ । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ चौथो अधिवेशनसम्म सञ्चालनमा आएका ९६ ओटा वैठकमा नै उपस्थित भइसकेकी छिन् ।
यो अवधिमा ‘ए प्लस’ ल्याएर मुख्यमन्त्री यामलाल कंडेल कर्णाली प्रदेश सभामा उपस्थित भएको देखियो भने अन्तिममा उनकै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह देखिए । उनि ९६ दिनको वैठकमा जम्मा ४९ दिन मात्रै उपस्थित भए । यो भनेको ‘जस्ट पास’ मात्रै हो ।
उक्त अवधीमा उपसभामुख यशोदा न्यौपाने ८९ दिन मात्रै वैठकमा उपस्थित भएकी थिईन । अन्य प्रदेश सांसदहरु इन्द्राकुमारी शाही ८८ दिन, पूर्व उर्जामन्त्री उर्मिला विश्वकर्मा ८३ दिन, कलबहादुर हमाल ८३ दिन, कल्याणी खड्का ७७ दिन सदनमा उपस्थित भए । पूर्व मन्त्री कृष्ण बहादुर विसी ७८ दिन, पूर्व मन्त्री कृष्णबहादुर जिसी ९३ दिन उपस्थित हुँदा पूर्व मन्त्री खड्गबहादुर पोखरेल ८९ दिन उपस्थित भए ।
यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता विक ९४ दिन, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ८७ दिन सदनमा उपस्थित हुँदा जानकी सिंह ७२ दिन, पूर्व मन्त्री जितबहादुर मल्ल ८६ दिन, पूर्व मूख्यमन्त्री जीवनबहादुर शाही ५६ दिन उपस्थित भएका छन् । सधैं वैठकमा उपस्थित हुने शाहीमाथि अख्तियारले मुद्दा चलाएकैले उनि निलम्बनमा परेका थिए ।
यस्तै, पूर्व मन्त्री टेकराज पछाई ९४ दिन, जुम्कीत लामा कार्की ९० दिन, तुलसा मल्ल ८९ दिन, दक्षिणा शाही ८५ दिन, पूर्व मन्त्री दुर्गबहादुर रावत ९२ दिन, देवेन्द्रबहादुर शाही ८८ दिन सदनमा उपस्थित भई जनताको समस्या सदनमा प्रस्तुत गरे ।
यस्तै, पूर्णबहादुर खत्री ८७ दिन, पूर्व मन्त्री बीरबहादुर शाही ८७ दिन, पूर्व मन्त्री भिम प्रकाश शर्मा ७४ दिन, पूर्व मन्त्री मंगलबहादुर शाही ८३ दिन, पूर्व मन्त्री महेन्द्र केसि ८२ दिन, मिलन खड्का रोका ९२ दिन यो अवधिमा वैठकमा उपस्थित भएका हुन ।
यस्तै, पूर्व मन्त्री रनसिंह परियार ९२ दिन, पूर्व मुख्यमन्त्री राजकुमार शर्मा ७७ दिन, र लक्ष्मी सुनार ९१ दिन उपस्थित भए ।
यसैगरी यो अवधिमा वलीमाया बुढा ९० दिन, उर्जा मन्त्री विजया बुढा ९१ दिन, पूर्व मन्त्री विन्दमान विष्ट ८१ दिन, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह ८२ दिन, पूर्व मन्त्री वेदराज सिंह ९० दिन, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा ७७ दिन, सन्तोषी शाही ६७ दिन, उद्योग पर्यटन वन तथा वातावण मन्त्री सुरेश अधिकारी ८९ दिन र हिक्मत बहादुर विष्ट ९३ दिन हाजिर भएका हुन ।
राजनीतिक विश्लेषक डा.पिताम्बर ढकालले प्रदेश सांसदहरु जनताका प्रतिनिधि भएका कारण हरेक वैठकमा उपस्थित हुनुपर्ने बताउँछन् । ‘उहाँहरु कर्णालीका १७ लाख जनताको प्रतिनिधि हो । उहँहरुले सदनमा जनताको आवाज उठाउनुपर्छ ।’ उनले भने, ‘हजुरले बताए अनुसार प्रदेश सांसदहरुको उपस्थिति राम्रो देखिएको छ । यो गजबको कुरा हो ।’
यद्यपी उनले सांसदले जनचाहना अनुरुपका विषयमा कुरा भने उठाउन सकेनन कि भन्ने लागि रहेको बताए । ‘उहाँहरु जनताप्रति जवाफ देहि हुनुपर्छ ।’ उनले भने, ‘दल हेरेर, व्यक्ति हेरेर मात्रै सदनमा आवाज उठाएको देखिन्छ । दल भन्दा माथि उठेर उहाँहरुले आवाज उठाउनु पर्छ जस्तो मलाई लाग्छ ।’ -नेपालीरैबार







