कविता- उ कतै पुगेन

  ।   ७ श्रावण २०८३, बिहीबार २०:५२

पुग्नुपर्ने त समाधि हो
उ कतै पुग्दैन बरु पुगे
हजुर बाका
हजुर बा भन्दा अझ धेरै धेरै पुगे
हजुर बाका
हजुर बा पुगे होलान्
हजुर बा पनि पुगे
बा आमा पुग्नेछन्
अझ बिस्तारै
आफै पुग्नेछु
पछिपछि
छोराछोरी तेतै पुग्नेछन्
छोराछोरीका छोराछोरी पुग्नेछन्
छोराछोरीका नातिनातिना पुग्नेछन्
नातिनातिनाका पनि नातिनातिना पुग्नेछन्
पुग्नेछन् बिस्तारै
नातिनातिनाका पनाती पनातीना पुग्नेछन्
पनाती पनातीनाका
पनाती पनातीना पुग्नेछन्
एक पछी अर्को गर्दै
सबै पुग्नेछन्
तर पुग्नुपर्ने ठाउँ
कतै पुग्ने छैन
तेतै बसि रहला
हर दिन कोही
आउला भनेर।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

Next Post

मानवअधिकार संरक्षणमा युवा मानवअधिकार रक्षक सञ्जाल सुदृढ गर्न जोड

७ श्रावण २०८३, बिहीबार २०:५२
दैलेख ।  मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र तथा युवाबीच बलियो सहकार्य, नियमित समन्वय र साझा प्रतिबद्धता अपरिहार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन्। ग्रामीणमुखी युवा अभियान नेपाल (ROYAM NEPAL) को आयोजनामा शुक्रबार दैलेखको नारायण नगरपालिका–१ मा सम्पन्न ‘युवा मानवअधिकार रक्षकका सवालमा सरोकारवालासँग समन्वयात्मक छलफल […]