सुर्खेत । स्थानीय सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बेनको ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक र ‘कर्णाली प्रदेश जीवनाशक विषादी सम्बन्धी व्यवस्था गर्न बनेको विधेक संसदमा टेबुल भएका छन् ।
आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यामलाल कडेलले थानीय सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बेनको ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरेका हुन्भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेश जीवनाशक विषादी सम्बन्धी व्यवस्था गर्न बनेको विधेक संसदमा टेबुल भएका छन् ।
त्यस्तै नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिग्मत विष्टले कर्णाली राजमार्गकोे सुधार तथा विकास सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावसहित पेश गरेका छन् । विष्टले राखेको प्रस्तावमाथि आइतबार नै पूर्णबहादुर खत्री र टेकराज पछाइले समर्थनसहतिको धारणा रोखेपछि सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जवाफ दिएका छन् ।
स्थानीय सेवाको गठन तथा सञ्चालन सम्बन्धी विधेयक गएको गएको बैशाख ३० गते सरकारले फिर्ता लिएपछि कर्णालीका स्थानीय तहमा कार्यरत कर्मचारीहरु आकस्मीक बाहेकका सेवाहरु ठप्प पारेर आन्दोलनमा छन् । आन्दोलनरत कर्मचारी र सरकारबीच आइतबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ । सोमबार विहान निर्णायक बार्ता हुने जनाइएको छ ।