पूर्वपर्यटनमन्त्री शाही पूर्वमहाप्रबन्धक,सचिव लगाएत ३२ जनालाई  भ्रष्टाचार मुद्दा दायर

  ।   २२ चैत्र २०८०, बिहीबार १५:३२

सुर्खेत । अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई  प्रतिवादी बनाएको छ ।

आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गरे । उनले विस्तृत जानकारी केही समयमा सार्वजनिक गर्ने बताए ।

Next Post

लुम्बिनीमा नयाँ सत्ता समीकरणका लागि गठबन्धन दलबीच सहमति

२२ चैत्र २०८०, बिहीबार १५:३२
सुर्खेत । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणका लागि गठबन्धन दलहरुबीच सरकार गठन बारे सहमति भएको छ । प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच विहिबार पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा […]