नेतृत्व र सुशासनका लागि जेसीजको विशेष तालिम कार्यक्रम सम्पन्न

  ।   ७ फाल्गुन २०८२, बिहीबार २१:०४

सुर्खेत। नेपाल जेसीज वर्ष २०२६ को कार्ययोजना अनुसार विभिन्न शाखाहरूको संयुक्त आयोजनामा बहु-अध्याय “संसदीय बैठक प्रक्रिया” प्रशिक्षण कार्यक्रम सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना सुर्खेत महिला जेसीज वर्ष २०२६ ले गरेको हो।

सह–आयोजकका रूपमा दैलेख जेसीज वर्ष २०२६, कर्णाली जेसीज वर्ष २०२६, अछाम जेसीज वर्ष २०२६, भेरीगंगा जेसीज वर्ष २०२६ तथा वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०२६ रहेका थिए।

कार्यक्रम सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल जेसीज का कार्यकारिणी उपाध्यक्ष जेसी नमराज उपाध्यायको उपस्थिति रहेको थियो। विशेष अतिथि तथा प्रमुख प्रशिक्षकका रूपमा जेसिआई सिनेटर गेहेन्द्र प्रसाद दाहाल सहभागी भई प्रशिक्षण प्रदान गर्नुभएको थियो। विशेष अतिथि सीमा चन्द को उपस्थिति रहेको थियो ।


यसैगरी कर्णाली जेसीज वर्ष २०२६ का अध्यक्ष प्रभुराम पाण्डे, अछाम जेसीज वर्ष २०२६ का अध्यक्ष झनक अधिकारी, भेरीगंगा जेसीज वर्ष २०२६ का अध्यक्ष श्याम परीवार तथा वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०२६ का अध्यक्ष किशोर न्यौपाने लगायत शाखाका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि जेसी नमराज उपाध्यायले संसदीय बैठक प्रक्रिया संस्थागत सुशासन र प्रभावकारी नेतृत्वको आधार भएको उल्लेख गर्दै भन्नुभयो, “जेसीजजस्ता नेतृत्व विकासमुखी संस्थामा विधि, प्रक्रिया र अनुशासनको अभ्यास अत्यन्त आवश्यक हुन्छ। यस्ता प्रशिक्षणले शाखाहरूलाई नीतिगत रूपमा सुदृढ र जिम्मेवार बनाउँछ।” उहाँले आगामी दिनमा पनि शाखाहरूबीच समन्वयात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशिक्षक जेसिआई सिनेटर गेहेन्द्र प्रसाद दाहालले संसदीय बैठक सञ्चालन प्रक्रिया, प्रस्ताव प्रस्तुतीकरण, छलफल व्यवस्थापन र निर्णय प्रणालीबारे व्यवहारिक अभ्याससहित प्रशिक्षण दिनुभएको थियो। उहाँले भन्नुभयो, “सही प्रक्रिया अवलम्बन गरेमा बैठकहरू परिणाममुखी र प्रभावकारी बन्छन्। नेतृत्व विकासका लागि अनुशासित अभ्यास र स्पष्ट निर्णय प्रणाली अपरिहार्य छ।” उहाँले सिकाइलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा संस्थागत सुदृढीकरण, प्रभावकारी निर्णय प्रक्रिया तथा नेतृत्व क्षमताको विकासका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक र समयानुकूल रहेको प्रतिक्रिया दिएका छन्।
आयोजकका अनुसार यस्ता कार्यक्रमले शाखाहरूबीच समन्वय, अनुशासित बैठक सञ्चालन तथा सक्षम नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सो कार्यक्रमको सञ्चालन सुर्खेत महिला जेसीज वर्ष २०२६ की महासचिव जेसी भावना रानाले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित, अनुशासित र प्रभावकारी रूपमा सञ्चालन गर्दै सम्पूर्ण चरणहरू सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

Next Post

चुनावी राजनीतिबाट अलग हुने संकेत, अध्ययन र लेखनमा केन्द्रित हुने माधव नेपाल

७ फाल्गुन २०८२, बिहीबार २१:०४
रौतहट — माधव कुमार नेपालले सक्रिय चुनावी राजनीतिबाट विश्राम लिने संकेत गरेका छन्। गृहजिल्ला गौरमा सञ्चारकर्मीसँग संवाद गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवारी नदिने स्पष्ट पारे। उनका अनुसार वर्तमान चुनाव नै आफ्नो जीवनको अन्तिम चुनावी प्रतिस्पर्धा हुनेछ। लामो समयदेखि राजनीतिमा सक्रिय रहेका नेपालले अब व्यक्तिगत रुचि र बौद्धिक […]