कर्णाली यात्रामा राप्रपा केन्द्रीय नेताहरू भोली दैलेखको दुल्लुमा

  ।   ७ कार्तिक २०८१, बुधबार १८:५८

कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्रामा छन् । ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्दै केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरू मंगलबार सल्यानको सल्ली बजार, आज बुधबार सुर्खेतको बाबियाचौरमा आम सभा भएको छ । सल्लीबजारबाट सुरु गरेको यात्रा भोली विहबार दैलेखको दुल्लुमा हुनेछ ।

तेस्तै शुक्रबार कालिकोटको मान्मको प्रतिमा चोकमा हुँने राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सह–महामन्त्री एवंम सम्पर्क समाज समन्वय बिभाग प्रमुख धन बहादुर बुढाले बताउनुभयो ।

कर्णाली यात्रामा कर्णालीका मुद्धा लिएर संसदमा उठान हुने गरी कार्यक्रम तयार भएको र यो यात्रा कार्तिक १० गते जुम्ला र ११ गते मुगुमा हुने सह–महामन्त्री बुढाले बताउनुभयो ।

Next Post

सुर्खेतमा यात्रुबाहक गाडी दुर्घटना १ जनाको मृत्यु , ५ जना घाईते

७ कार्तिक २०८१, बुधबार १८:५८
सुर्खेत । सुर्खेतको बराहतालमा यात्रुबाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु पाँच जना घाईते भएका छन । बिहिबार बिहान जुम्लाबाट सुर्खेततर्फ आईरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमल गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक […]