दैलेखमा चट्याङ पर्दा ३ जना घाइते

  ।   ८ भाद्र २०८१, शनिबार २०:१५

दैलेख । दैलेखमा चट्याङ पर्दा ३ जना घाइते भएका छन । जिल्लाको महाँबु गाउँपालिका वडा न. २ पिपलपाटामा चट्याङ पर्दा ३ जना घाइते भएका हुन्।

घाइते हुनेमा खडक बहादुर सुनारका २९ वर्षीया छोरा डिल बहादुर सुनार,११ वर्षीया नगेन्द्र सुनार र गणेश सुनारका छोरा बर्ष ११ का महेश सुनार रहेको महाँबु गाउँपालिका वडा न।२ का वडाअध्यक्ष प्रकाशराज थापाले जानकारी दिए।

थापाका अनुसार शनिबार साझ ५; ३० को समयमा पानी परेको बेला चट्याङ परेर उनीहरू घाइते भएका हुन् । घाइते मध्य दुई जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र गम्भिर घाईते भएका नगेन्द्र सुनार लाई प्रदेश अस्पताल सुर्खेत रिफर गर्ने तयारी भएको थापाले बताए ।

Next Post

दलित आन्दोलनलाई एकीकृत र साझा बनाउन अति आवश्यक

८ भाद्र २०८१, शनिबार २०:१५
काठमाडौँ । नेपालको समृद्धि र दलित मुद्दा विषयक अन्तरक्रिया कार्यक्रम दलित अभियानका वौद्दिक, राजनीतिक तथा शैक्षिक व्यक्तित्वहरू विच एक कार्यक्रम छलफल द्धारा सम्पन्न भएको छ । साझा मञ्च नेपालका अध्यक्ष वसन्त कुमार विश्वकर्माको अध्यक्षतामा काठमाडौँ भएको छलफलमा संविधानको रक्षा, कार्यान्वयन, समानुपातिक समावेशी, आरक्षण, राजनीति, आर्थिक, साँस्कृतिक, सामाजिक तथा नीति निर्माणका […]