जुम्ला । जुम्ला विमानस्थलमा स्तरोन्नतिको लागि वर्षेनि बजेट निकासा भएपनि काममा विलम्ब हुदैँ गएको छ । कर्णाली प्रदेशको सुर्खेतपछि यात्रु चाप हुने जुम्ला विमानस्थल हो । जग्गा अधिग्रहण,मुआब्जा वितरणका लागि सांसदहरुको पहलमा बजेट निकासा भएपनि क्यानकै ढिला सुस्तीले काम परिणामुखी हुन सकेको छैन् ।
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा अन्य पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण गर्न कूल ५० करोड लागत लाग्ने अनुमान गरिएको छ । काम सुरु गर्न जत्तिनै ढिला गर्यो,उतिनै जग्गा अधिग्रहण तथा मुआब्जा रकम बढ्दै जाने देखिन्छ । वर्षौदेखी विमानस्थल विस्तारका नाममा बजेट निकासा हुदैँ आएपनि काम भने हुन सकेको छैन् । यदपी बजेट निकासा हुने क्रम भने चलिरहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सबै गरी १० करोड विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पुनः ४ करोड निकासा भएको प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले बताईन् । २०७४ को निर्वाचनपछि चन्दननाथ नगरपालिकाको मेयर हुदा देखीनै विमानस्थल विस्तारका लागि जुटेकी सेजुवालअहिले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य छन् । सांसद भएदेखीनै निरन्तर पहल गरिरहेकी सेजुवाल भन्छिन, वर्षौदेखी विमानस्थल विस्तारका कुरा मात्रै उठ्ने काम नहुने समस्या देखिएपनि अब आगामी आवबाट काम सुरु हुन्छ । तेस्रो किस्ता सम्म गरेर १४ करोड विनियोजन भईसकेको छ । अब जग्गा अधिग्रहण र मुआब्जा वितरणको कामले गति लिने अपेक्षा छ ।
चालू आर्थिक वर्षभित्र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको थियो । आगामी आवका लागि ४ करोड विनियोजन भएको छ । जुन बजेट पछिल्ला वर्षमा विस्तार हुने देशभरीका एयरपोर्ट मध्य बढी हो । जुम्ला विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा वितरणको बाँकी प्रक्रिया केही दिनमा प्रगतिशील रूपमा अघि बढेको छ । सबैगरेर १४ करोड रुपैयाँ निकासा हुने प्रक्रियामा छ । यदपी कुल अनुमानित लागत भने ५० करोड रुपैयाँ रहेको छ । सांसद सेजुवालले थपिन, निकासा भएको १४ करोडबाट सम्पूर्ण मुआब्जा एकैचोटि वितरण गर्ने कि किस्ताबन्दीमा दिने भन्ने विषयमा छलफल जारी छ । साथै बाँकी रहेको रकमको व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरण ९क्यान० को बोर्ड बैठकको प्रतीक्षामा छौ । अब क्यानले पनि विशेष प्रथामिकता दिएर काम गर्ने भनेकोले विमानस्थल विस्तारले गति लिने आशा पलाएको छ ।
१८३ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया संगै मुआब्जा रकम व्यवस्थापनका लागि सांसद सेजुवाल लगायत अन्य सांसदहरु खटिरहेका छन् । यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले माननीय कान्तिका सेजुवालको अथक प्रयासले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले भने, बाङ्गो टिंङ्गो कुरा लगाउने केही मित्रहरुले तर्क विर्तक गरेको देखिन्छ । जसले जे अर्थ लगाएपनि जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुग्दै छ । आगामी श्रावण दोस्रो हप्ताबाट बाँकि प्रक्रिया अगाडि बढाउने तिर पनि जिल्लाका सरोकारवाला लागि परेका छौ ।