लुम्बिनीमा नयाँ सत्ता समीकरणका लागि गठबन्धन दलबीच सहमति

  ।   २२ चैत्र २०८०, बिहीबार १६:३६

सुर्खेत । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणका लागि गठबन्धन दलहरुबीच सरकार गठन बारे सहमति भएको छ । प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच विहिबार पाँच बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।

सहमतिमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुने गरि गर्ने लगायतका सहमति गरिएको छ ।

Next Post

कालिकोटमा डिजिटल प्रबिधिद्धारा एसईईमा चिट,२ जना पक्राउ

२२ चैत्र २०८०, बिहीबार १६:३६
कालिकोट / एसईई परीक्षामा ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने कार्यले बिगबिगी छाएकाे छ । जिल्लाकाे खाँडाचक्र नगरपालिका ०३ मा अवस्थित श्री जनजीवन माध्यमिक बिद्यालय र साेहि नगरपालिका ०१ स्थित पञ्चदेव माध्यामिक बिद्यालय परीक्षा केन्द्रमा परीक्षा दिईरहेका बिद्यार्थीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप र म्यासेन्जर ग्रुप बनाई चिट चाेरेकाे बिहिवार सम्पन्न […]

सम्बन्धित शीर्षक