मेघगर्जन र चट्याङसहित वर्षा बढ्दै : पहाडी क्षेत्रमा सतर्कता आवश्यक

  ।   ६ चैत्र २०८२, शुक्रबार १२:२३

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा ले देशभरको पछिल्लो मौसम अवस्थाबारे नयाँ विवरण सार्वजनिक गरेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ, जसले विभिन्न प्रदेशमा मौसमको स्वरूप परिवर्तन गरिरहेको छ।

हालको अवस्थाअनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का अधिकांश क्षेत्र बदलीले ढाकिएका छन्। त्यस्तै गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भागमा पनि मौसम सामान्यतया बदली देखिएको छ। अन्य प्रदेशका उच्च हिमाली क्षेत्रमा समेत बादल लागेको छ भने कोशी प्रदेश र बागमती प्रदेश का पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। तर तराई तथा अन्य केही स्थानमा मौसम अझै सफा रहेको छ।

आज दिउँसो देशका धेरैजसो स्थानमा बदली अझै बढ्ने अनुमान गरिएको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली भेगमा हिमपात पनि हुन सक्छ। यीमध्ये कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भने भारी वर्षा वा हिमपात हुने जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।

आज रातिको अवस्थासमेत उस्तै रहने देखिएको छ। कर्णाली, सुदूरपश्चिम र गण्डकीका धेरै ठाउँमा तथा अन्य प्रदेशका केही स्थानमा वर्षा, असिना र हिमपात जारी रहन सक्ने अनुमान छ।

मौसमविद्हरूले यस्तो अवस्थाले दैनिक जनजीवन, कृषि कार्य तथा यात्रामा असर पार्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने, खेतीपातीमा संलग्न किसान तथा लामो दूरीका यात्रुहरूले मौसमको अपडेट हेरेर मात्र योजना बनाउन सुझाव दिइएको छ।

Next Post

रारा घुम्न गएकी ३० वर्षीया युवतीको मुगुमा निधन

६ चैत्र २०८२, शुक्रबार १२:२३
मुगु ।  मुगुको प्रसिद्ध रारा ताल भ्रमणका क्रममा एक महिला पर्यटकको दुःखद निधन भएको छ। काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा शुक्रबार बिहान ७स्२५ बजे जिल्ला अस्पताल मुगुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। घिमिरे चैत ३ गते आफ्ना दुई साथी—बाँकेका शिशिर कोइराला र विशाल सुवेदीसँग […]

सम्बन्धित शीर्षक