कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने मन्त्री बुढा

  ।   २० श्रावण २०८१, आईतवार १७:४७

सुर्खेत । आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले बताएकी छन् । आतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३।१३ प्रतिशत घरधूरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शत प्रतिशतमा पु¥याउने बताएकी हुन् ।

‘दीगो विकास लक्ष्य–२०३० तथा संघीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ,’ मन्त्री बुढाले भन्नुभयो, ‘उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित अघि बढ्छ ।’ उनले दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली जलविद्युत कार्ययोजना–२०८१ तयार गरेर लागू गरिने बताउनुभयो ।

‘सौर्य मिनी ग्रीड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्थापना र घरायसी सौर्य उर्जा प्रविधिजस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरु कार्यान्वजयन गरिनेछ,’ मन्त्री बुढाले भन्नुभयो ‘उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र संवद्ध विकास साझेदारहरुसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइने समेत बताउनु भयो।’

Next Post

जुम्ला कारागारमा एक कैदिको मृत्युु

२० श्रावण २०८१, आईतवार १७:४७
जुम्ला । कारागार कार्यालय जुम्लामा एक कैदीको ज्यान गएको छ । आइतबार बिहान कैदीको मृत्यु भएको हो । तीन वर्ष यता जुम्ला कारागारमा थुनामा रहेका मुगु खत्याड गाउँपालिका घर भएका ३४ वर्षीय प्रदीप टमाटाको मृत्युु भएको हो । कारागार कार्यालय जुम्लाका प्रमुख गयाप्रसाद पाण्डेका अनुसार ह्रदयघातका कारण टमाटाको मृत्यु भएको […]