हुम्लामा लोप हुँदै पुरुषले नाच्ने फुर्का नाच

  ।   २० फाल्गुन २०८१, मंगलवार १८:५७

हुम्ला । हुम्ला जिल्लामा पुरुषले नाच्ने फुर्का नाच लोप हुँदै गएको छ । पछिल्लो समय फुर्का नाच लोप हुँदै गएपछि यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । शुभ अवसर र चाडपर्वमा नाचिने फुर्का नाच पछिल्लो समय नाच्नै छोडेपछि लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरिएको हो ।

सिमकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष देवजङ्ग बोहोराले पहिले धेरै नाचिने फुर्का नाच अहिले छोडिएकोमा चिन्ता व्यक्त गरे । उनले सबै जातिका पुरुषले नाच्ने फुर्का नाच अहिले बिरलै मात्रामा नाचेको देख्न पाइने बताउनुभयो । फुर्का नाच्ने मानिस वृद्ध हुँदै गएको र युवा यसतर्फ आकर्षित हुन नसकेकाले यसको संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्य गोपाल विकले चाडपर्व र शुभ अवसरमा नाचिने फुर्का नाच हाल लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै संस्कृति संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । फुर्का नाचमा विशेष गरी दुई पक्ष पङ्क्तिबद्ध रूपमा लागेर नाच्छन् । फुर्का नाच्दा स्थानीय परम्परागत पहिरनमा सजिने, टाउकोमा फटुका बेर्ने र दुवै हातमा फटुका समातेर नाच्ने गर्छन् ।

 

 

Next Post

नरहरिनाथमा काङ्ग्रेस, एमाले र माओवादी परित्याग गरी ३५ जना एकीकृत समाजवादीमा समाहित

२० फाल्गुन २०८१, मंगलवार १८:५७
कालिकोट। नेकपा (एकीकृत समाजवादी) कालिकोट नरहरिनाथ गाँउपालिका वडा नं ८ र ९ को वडा अधिवेशन सम्पन्न भएको छ।  अधिवेशनको अवसरमा एमाले, माओवादी र कांग्रेस परित्याग गरी ३५ जना स्थानीय नेताहरु एकीकृत समाजवादीमा समाहित भएका छन । मंगलबार वडा नम्बर ९ का अध्यक्ष भैरव सार्कीको अध्यक्षता एवं केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका […]