अपडेट

नरहरिनाथमा काङ्ग्रेस, एमाले र माओवादी परित्याग गरी ३५ जना एकीकृत समाजवादीमा समाहित

  ।   २१ फाल्गुन २०८१, बुधबार १४:००

कालिकोट। नेकपा (एकीकृत समाजवादी) कालिकोट नरहरिनाथ गाँउपालिका वडा नं ८ र ९ को वडा अधिवेशन सम्पन्न भएको छ।  अधिवेशनको अवसरमा एमाले, माओवादी र कांग्रेस परित्याग गरी ३५ जना स्थानीय नेताहरु एकीकृत समाजवादीमा समाहित भएका छन ।

मंगलबार वडा नम्बर ९ का अध्यक्ष भैरव सार्कीको अध्यक्षता एवं केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य कालो सार्कीको प्रमुख आतिथ्यतामा संयुक्त अधिवेशन सम्पन्न गरिएको हो।

कर्णाली प्रदेश कमिटी सचिव धीरबहादुर बिष्ट, प्रदेश कमिटी सदस्य किशोर कुमार रावलको उपस्थिति रहेको अधिवेशनले ९ नम्बर वडा कमिटीको अध्यक्षतामा भैरव सार्कीलाई चयन गरेको छ।

अध्यक्ष सार्कीको नेतृत्वमा २५ सदस्सीय वडा कमिटी गठन गरिएको छ। त्यस्तै वडा नम्बर ८ को वडा अध्यक्षतामा प्रसादे वि.क को नेतृत्वमा २१ सदस्सीय कमिटी गठन गरिएको छ।

३५ जना एकीकृत समाजवादीमा समाहित

मंगलबार सम्पन्न अधिवेशनको अवसरमा एमाले, माओवादी र कांग्रेस परित्याग गरी ३५ जना स्थानीय नेताहरु एकीकृत समाजवादीमा समाहित हुनुभएको प्रदेश सचिव बिष्टले जानकारी दिनुभएको छ। बिष्टका अनुसार उत्तमनाथ योगीको नेतृत्वमा माओवादी, एमाले र कांग्रेस गरी ३५ जना स्थानीय नताहरुले एकीकृत समाजवादी रोज्नुभएको छ।

माओवादी केन्द्रबाट उत्तमनाथ योगी, कांग्रेसबाट माङले दर्जी, गोविन्द्र दर्जी, गणेश दर्जी, पर्व दर्जी, र विमला बि।क।, एमालेबाट डील्ली सार्की, कालो सार्की, कृष्णा बि।क।, परिमल सार्की, चुरे सार्की, अनिपाल सार्की, रत्न रावललगायत ३५ जना नेता कार्यकर्ताहरुले एकीकृत समाजवादी रोज्नुभएको हो ।

Next Post

जुम्लामा तिव्र वन अतिक्रमणलाई डिभिजन वनले रोक्दै

२१ फाल्गुन २०८१, बुधबार १४:००
जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले तिव्र वन अतिक्रमणलाई रोक्ने प्रयास गरेको छ । जुम्लामा जथाभावि रुपमा भई रहेको अतिक्रमणलाई रोक्ने प्रयास गरिएको डिभिजन वन अधिकृत भरत बहादुर बुढ्थापाले बताउनुभयो । विहिबार सरोकारवालहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ५ हेक्टर वनमा भएको अतिक्रमण नियन्त्रण गरिएका बुढथापाले […]

सम्बन्धित शीर्षक