सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले सेना,प्रहरी र कर्मचारीलाई गणतान्त्रिक व्यवस्थाको अवज्ञा गर्न आह्वान गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन वीरेन्द्रनगर नगर अधिवेशन कार्यक्रममा उनले चाडैं गणतन्त्र समाप्त भएर जाने दाबी गरेका छन् । उनले काङ्ग्रेस एमालेले गणतन्त्र राज्यकोष लुट्ने माध्यम बनाएका कारण भित्रै बाट सड्न लागेको बताएका छन् ।
रास्ट्रनिर्माणको अगुवाई गर्ने संस्थाका तर्फबाट प्रजातन्त्र दिवसको अवसरमा आएको गम्भीर वक्तव्यका कारण देश भित्र र बाहिर रहेका नेपालीहरु उत्साहित भएको समेत किरणले दाबी गरेका छन् ।
किरणले सेना, प्रहरी र कर्मचारीलाई खोक्रो गणतन्त्रलाई बचाउन सहयोग गरिरहे व्यवस्था पल्टिएको दिन समस्या पर्ने समेत चेतावनी दिएका छन् ।
भूपेन्द्र शाहीको अध्यक्षतामा २१ सदस्य नगर कार्यसमिति गठन भएको छ । राप्रपाको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको वीरेन्द्रनगर अधिवेशनमा पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरि, सहमहामन्त्री धन बहादुर बुढा, केन्द्रीय सदस्यहरु जनक सिंह ठकुरी, सन्तोषी शाही, भिम शाही लगायत नेताहरू उपस्थित थिए ।